भारतको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा भक्तपुरमा विद्यालय भवन निर्माण


काठमाण्डु-भारत सरकारको सहयोगमा भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड १३ लाख रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको हो ।
भवनको प्रतिनिधिसभाका सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराई र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे ।

भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तले विद्यालय भवन निर्माण गरिएको हा े। यो विद्यालय प्रधानमन्त्री केपी शर्मा ओलीको निवास भएको क्षेत्र हो । यहीबाट प्रधानमन्त्री ओलीले हरेक चुनावमा मतदान गर्छन् ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।