१० बुँदे सहमति कार्यान्वयन नभएपछि भानुभक्त जोशीले छोडे एमाले, नेकपा एसमा प्रवेश

१० बुँदे सहमति कार्यान्वयन नभएपछि भानुभक्त जोशीले छोडे एमाले, नेकपा एसमा प्रवेश


काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन् । जोशीले नेकपा एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा अविर र माला लगाएर स्वागत गरेका छन् ।

एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । १० बुँदे सहमति कार्यान्वयन नभएपछि जोशीले एमाले परित्याग गरेका हुन् ।