काठमाण्डु-भारतमा गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकहरू सबार गाडी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।
रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनन्दा नदीको किनारमा खसेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु र १२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ–चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको हो ।
घटनास्थल रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रैतोली नामक ठाउँ नजिक हो ।
१० जनाको घटनास्थलमै र चार जनाको अस्पतालमा मृत्यु भएको हो ।मुख्यमन्त्री पुष्कर सिंह धामीले मृतकका परिवारलाई २/२ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्रीले गम्भीर घाइतेलाई ४०–४० हजार र सामान्य घाइतेलाई १०–१० हजार रुपैयाँ उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया