सिंहदरबारमै बम पड्काउने विप्लव माओवादीको चेतावनी

सिंहदरबारमै बम पड्काउने विप्लव माओवादीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ले सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन्।

 

 

कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दै नेता बमले राज्यले सत्ताको आडमा आफूहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमा बम पडकाउने चेतावनी दिएका हुन्।

 

 

नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौंमा केन्द्रित हुने बताए।

 

 

 

 

‘राज्यले थोपरिरहेको युद्धका विरुद्ध हामीले क्रान्तिको नयाँ मोडेल अगाडि सारेका छौं,” उनले भने, ‘अब जनताको घर आँगनमा हैन, दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा लडाइँ हुन्छ।’

 

 

 

नेता बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि स्थापना गर्न नसक्ने बताए।

 

 

 

प्रचण्ड–बाबुरामले संसदबादी दलसँग आत्मसमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे।