काठमाडौं – संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतम सिफारिस भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संसद सचिवालयका सचिवसमेत रहेका गौतमलाई महासचिव नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।
संघीय संसदको महासचिव राष्ट्रियसभा अध्यक्ष र सभामुखको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ ।
प्रतिक्रिया