भारतको काश्मिरमा छ जना लडाकू मारिए

भारतको काश्मिरमा छ जना लडाकू मारिए


एजेन्सी- भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् ।

सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ । लडाकूहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोज कारबाही गरिएको थियो ।

उनीहरुले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए । मारिएका लडाकूको पहिचान खुल्न नसकेको सेनाले जनाएको छ । सिन्ह्वा