पुनर्निर्माणका लागि भारतले नेपाललाई दियाे एक अर्ब ६० करोड

पुनर्निर्माणका लागि भारतले नेपाललाई दियाे एक अर्ब ६० करोड


काठमाडौं – नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि भारत सरकारले एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो ।
२० ७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।