बीबीसी – भारतले पाकिस्तानलाई जम्मू–कश्मीरको केरन सेक्टरमा भएको हमलामा मारिएका आफ्ना सैनिक जवानको शव लिएर जान भनेको छ । पीटीआईका अनुसार भारतीय सेनाले पाकिस्तानसँग आफ्ना जवानहरुको शव लगेर जान भनेको हो ।
पीटीआईकाअनुसार पाकिस्तान बोर्डर एक्शन टीम (बीएटी) का जवान जम्मू–कश्मीरको केरन सेक्टरमा हमला प्रयास गरिरहेका बेला भारतीय सेनाको जवाफी कारबाहीमा बीएटीका पाँचदेखि सात जवान मारिएका थिए ।
पीटीआईले सेनालाई उद्धृत गर्दै नियन्त्रण रेखामा भारतीय भूमिमा रहेका जवानहरुको शव लगेर जान पाकिस्तानी सेनालाई भनिएको समाचारमा उल्लेख गरेको छ । पीटीआईका अनुसार मारिएका मध्ये चार शव पाकिस्तानी सेनाको स्पेशल सर्भिस ग्रेसप (एसएसजी) का कमाण्डो हुन् ।
प्रतिक्रिया