जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन :अग्नी सापकोटा

जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन :अग्नी सापकोटा


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन। जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका हुन।

आइतबार नीति तथा कार्यक्रमबारे प्रतिनिधिसभाको छलफलमा सापकोटाले भने, ’राज्यव्यवस्थालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ। उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याइयोस्।’ उनले संसदले शक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा राखेका हुन।

नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण रहेको सापकोटाको धारणा रहेको थियो। उनले भने, ’कार्यान्वयनमा चुनौती रहेको छ। यो नीति तथा कार्यक्रम बजेटद्वारा अभिव्यक्त भएन भने फगत भाषण मात्र हुन्छ। प्रवचन मात्रै हुन्छ।’ नेता सापकोटाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संरचनागत परिवर्तन हुनुपर्ने धारणा राखेका थिए। त्यसका लागि ठोस कदम चाल्नुपर्ने उनको सुझाव थियो।

जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन।’ सापकोटाले सबै क्षेत्रमा भ्रष्टाचार बहुआयामिक रूपमा रहेको बताए। उनले भने, ’बहुआयामिक भ्रष्टाचार छ। कहाँ छ भनेर भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस्। बालुवाटार, खुलामञ्च, पोखरा, जनकपुर हजारौँ ठाउँमा भ्रष्टाचार छ।’ कर्पोरेट शैलीमा जग्गा हडपिएको तथा एनसेलको कर छली मार्फत राज्यका सबै निकायमा प्रभाव पारेर गम्भीर षडयन्त्र भएको सापकोटाको भनाइ थियो।