भाटभटेनीका सुरक्षागार्डको गलामा दुबोको माला, हातमा पाँच लाखको चेक

भाटभटेनीका सुरक्षागार्डको गलामा दुबोको माला, हातमा पाँच लाखको चेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कोटेश्वरको भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत भएका छन्।

चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाएको भन्दै उनलाई नगदसहित सम्मान गरिएको हो ।

आज एक कार्यक्रमकाबीच भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् ।

यस्तै पराजुलीलाई ५ ग्रेड बढुवा समेत गरिएको छ ।

राजावादीहरुको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो भाटभटेनीले जनाएको छ।