डोटी –माओवादी केन्द्रका नेता एंवम् प्रदेश सभाका सांसद त्रिलोचन भट्टले सरकारले तानाशाह शैलीमा राजधानी तोकेको आरोप लगाएका छन् ।
डोटीको राजपुरमा विहिवार आन्दोलनकारी माथी प्रहरीले हवाई फायर गरे लगत्तै बिज्ञप्ती जारी गर्दै भट्टले यथेष्ट पूर्वाधार हुँदा हुँदै हाल कायम रहेको क्षेत्रीय सदरमुकामलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनले ७ नम्बर प्रदेशको अस्थायी मुकाम पञ्चायती शैलीमा अन्यत्र तोकेर देउवा नेतृत्वको सरकारले तानाशाही र गैर जिम्मेवारीपूर्ण रबैया देखाएको बताएका छन ।
सरकारले सरकारी प्राविधिक समितिले दिएको राय सुझाव लाई समेत बेवस्था गर्दै गरिएको उक्त निर्णय तुरुन्त खारेज गरी ७ नं. प्रदेशको अस्थायी मुकाम विगत देखि कायम रहँदै आएको, सबैलाई न्याय हुने स्थान दिपायलमा तोक्न बिज्ञप्तीमा माग गरिएको छ ।
शान्तीपूर्ण जनदवावलाई अनावश्यक बल प्रयोग गरी जनताहरुलाई धरपकड गर्ने, अश्रुग्यास प्रहार तथा हवाई फायर गर्ने जस्ता कार्य तुरुन्त रोक्न सरकारलाई भट्टले आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया