नेपाल एयरलाइन्सकी क्याप्टेन पन्तको निलम्बन फुकुवा

नेपाल एयरलाइन्सकी क्याप्टेन पन्तको निलम्बन फुकुवा


काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको नदेखिएपछि निलम्बन फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।

नेवानिको न्यारो बडी जहाज ‘ए३२०–२००’ उडाउने क्याप्टेन पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोपमा प्राधिकरणले २१ जेठमा प्राधिकरणले ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

उनीविरुद्ध परेको उजुरीका आधारमा उनलाई निलम्बन गरिएको थियो । उजुरीबारे छानबिन गर्दा पन्तले विमानस्थल व्यवस्थापनको पूर्वस्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएपछि निलम्बन फुकुवा गरिएको प्राधिकरणले जनाएको छ ।