गण्डकीमा मनाङेले अस्विकार गरेको वन मन्त्रालय पौडेललाई

गण्डकीमा मनाङेले अस्विकार गरेको वन मन्त्रालय पौडेललाई


काठमाण्डु – गण्डकी प्रदेशमा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कांग्रेस सांसद भेषबहादुर पौडेलले पाएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गरेका उनको सचिवालयले जनाएको छ ।

लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल नेपाली कांग्रेस लमजुङका पूर्वसभापति र लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्। उनी कांग्रेसभित्र शेखर कोइराला–गगन थापा समूहसँग नजिक छन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई मन्त्री नियुक्त गरिए पनि मनाङेले मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने बताएका थिए । मनाङेले अस्वीकार गरेपछि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा पौडेललाई मन्त्री बनाएका हुन् ।