कति मान्छे मारिएपछि बाबुरामजी सन्तुष्ट हुनुहोला ?

कति मान्छे मारिएपछि बाबुरामजी सन्तुष्ट हुनुहोला ?


काठमाडौं – पूर्वगृहमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कैलालीको टिकापुरमा गरेको उत्तेजक भाषणप्रति आपत्ति जनाएका छन् ।

नेता रावलले सामाजिक संजाल ट्वीटरमार्फत एक ट्वीट गर्दै बाबुराम भट्टराईले उत्तेजक भाषण गरेर सामाजिक सदभाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।

भदौं ७ गते पूर्वप्रधानमन्त्री भट्टराई लगायत काठमाडौंबाट गएका खगेन्द्र संग्रौला, किशोर नेपाल लगायतले सम्बोधन गर्दै टीकापुर हत्याकाण्डमा रेशम चौधरी निर्दोष रहेको बताएका थिए ।

त्यसैको जवाफमा नेता रावलले लेखेका छन्, ‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराईलगायत काठमाडौंबाट गएकाको कुरा युट्युबमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सदभाव बिथोल्ने, बिभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् ?