काठमाण्डुमा भूकम्पको धक्का

काठमाण्डुमा भूकम्पको धक्का

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बुधबार बिहान काठमाण्डु उपत्यकामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बुधबार बिहान ४ बजेर ५ मिनेटमा गएको हो।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गएको छ। केन्द्रका अनुसार मङ्गलबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटको कुशे गाउँपालिकाको पैंकमा केन्द्रविन्दु रहेको ४. ४ म्याग्निच्युडको भूकम्प गएको थिय।

त्यस्तै, सोमबार राति ९ बजेर ३१ मिनेटमा पनि जाजरकोटको पैंकमा केन्द्रविन्दु रहेको ४. १ म्याग्निच्युडको भूकम्प गएको थियो। कुशे गाउँपालिकाको पैंकमा गएको भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

चैत २१ गते साँझ ८ बजेर ७ मिनेटमा र ८ बजेर १० मिनेटमा सोही स्थानमा केन्द्रविन्दु रहेर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ म्याग्निच्युड र दोस्रो ५.५ म्याग्निच्युडको थियो। ती भूकम्पबाट केही घरमा सामान्य क्षति भएको थियो।

यसअघि चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने चैत १२ गते हुम्लामा केन्द्रविन्दु रहेर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको वेबसाइटमा उल्लेख छ।