काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ ।
तिब्बतको सिगात्से सहरमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
यस्तै भूकम्पमा परि ६२ जना घाइते भएका छन् । क्षतिको विवरण संकलन जारी छ।
चिनियाँ स्थानीय समय अनुसार बिहान ९ः५ बजे भूकम्प गएको थियो । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।
भूकम्पको धक्का नेपाल, भारत तथा भुटानमा समेत महसुस भएको थियो ।
प्रतिक्रिया