काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पले कोसी प्रदेशका केहि घरहरुमा क्षति पुर्याएको छ ।
आज बिहान आएको भूकम्पका कारण ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङका ५ घरमा क्षती पुगेको हो ।
भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको छ।
ओखलढुंगा चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको छ भने चुहानछापका हिमाल कार्कीको घरमा आंशिक क्षति भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा सामान्य क्षति भएको छ।
यस्तै ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको छ। भने सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको छ ।
क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया