इण्डोनेशियामा भूकम्पपश्चात आएको सुनामीका कारण ५० को मृत्यु

इण्डोनेशियामा भूकम्पपश्चात आएको सुनामीका कारण ५० को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी-  इण्डोनेशियाको तटीय शहरमा ७.५ म्याग्निच्यूडको भूकम्पपश्चात आएको शक्तिशाली सुनामीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । शुक्रवार आएको सुनामीका कारण पालु शहरमा सबैभन्दा बढी क्षती भएको छ । भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्रभन्दा ८० किलोमिटर टाढा रहेको पालु सहरमा कैयौं भवनहरू बगाएको र एउटा ठूलो मस्जिद समेत भत्किएको छ ।

यसअघि गत महिना मात्र लोम्बोक टापुमा श्रृंखलावद्ध रुपमा विनाशकारी भूकम्पहरू जांदा ४ सय ६० जना भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । भुकम्पका कारण संचार अवरुद्ध हुनुको साथै पालुको विमानस्थलको धावनमार्गमा क्षती समेत पुगेको छ ।

इण्डोनेशियाका एक जना मन्त्रीले उद्दार कार्य सुरु भएको जनाएका छन् । उनकाअनुसार सुनामीका कारण संचार समेत अवरुद्ध भएको छ । भूकम्पको क्षतिले मानिसहरूको ज्यान गएको वा सुनामीका कारण भएको भन्ने स्पष्ट भएको छैन।