भूकम्पपीडितलाई खुसीको खबर ! २५ लाख कर्जा दिने तयारी

भूकम्पपीडितलाई खुसीको खबर ! २५ लाख कर्जा दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपीडितलाई सस्तो ब्याजमा आवासीय कर्जा दिने तयारी भएको बताएका छन् ।

 

 

पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले पीडितको घर निर्माणको लागि काठमाडौंमा २५ लाख र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म कर्जा दिने योजना भइरहेको जानकारी दिए ।

 

 

भुसालले पुनःनिर्माण कार्यमा प्राधिकरण गम्भिर भएको बताउदै यस वर्ष ६० प्रतिशत काम पुरा हुने जानकारी दिए । उनले त्यसका लागी कच्चा पदार्थको अभाव हुन नदिने बताए ।

 

 

‘हामीले पिडितलाई २ प्रतिशत ब्याजमा कर्जा पाउने व्यवस्था मिलादैंछौ, त्यसको साथै घर निर्माणको लागि काठमा ९० प्रतिशत छुट दिने योजना छ । ’ भुषालले भने ।

 

 

उनले नक्शापासको साथै ढुंगा तथा गिटी निशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताए ।