भूमिसम्बन्धी अध्यादेशबाट सरकार ब्याक

भूमिसम्बन्धी अध्यादेशबाट सरकार ब्याक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ गठबन्धन दल भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भएको छ । बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकमा भूमिसम्बन्धी अध्यादेश कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल भएको छ ।

बैठकमा सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले यथास्थितिमा भूमिसम्बन्धि अध्यादेश स्वीकृत गराउन नसकिने अडान कायम राखेपछि उक्त विधेयक निष्कृय हुन दिन निर्णय गरेको हो ।

सरकारले भूमि अध्यादेश निष्क्रय भएपछि नियमित विधेयकको रुपमा नै यसलाई अगाडि बढाउने तयारी थालेको छ । प्रतिनिधि सभामा दुई तिहाइ नजिकको बहुमत भएपनि राष्ट्रिय सभामा जसपा नेपालको समर्थनबना उक्त अध्यादेश अगाडि बढ्न सम्भव नभएपछि अन्ततः सरकार ब्याक भएको छ ।

‘सत्तारुढ दलहरुबाटै भूमिसम्बन्धी अध्यादेशको विषयमा केही अडान रहँदै आएको छ । त्यसलाई पनि सम्बोधन गर्दै नयाँ विधेयक ड्राफ्ट गरेर संसद्मा लैजाने भन्ने बैठकको निष्कर्ष रहकेो नेपाली कांग्रेस संसदीय दलका नेता श्याम घिमिरेले बताए ।

विधेयक आगामी चैत १८ गतेबाट स्वतः निष्कृय हुँदैछ ।