मोरङ – भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई ३० हजार घुससहित पक्राउ गरिएको छ ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक कार्कीले रु ३० हजार घुससहित पक्राउ गरेको पुष्टी गर्नुभयो । उनले भने – “भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ गरिएको हो ।”
विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको बताइन्छ । तिनै व्यक्तिले अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए । घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ ।
प्रतिक्रिया