काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेर छुटेका डा. निकोलस भुसाललाई कास्की प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भुसाललाई फेरि नियन्त्रणमा लिइएको जानकारी दिए ।
८ पुसमा प्रहरीले उनलाई पक्राउ गरेर विद्युतीय अपराधको मुद्दामा म्याद थपका लागि अदालत लगे पनि म्याद थप गर्न अदालतले इन्कार गरेपछि प्रहरीले रिहा गरेको थियो ।
न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि रिहा भएका भुसाललाई आज अदालतमा अनुसन्धानपछि अदालतमा प्रतिवेदन बुझाएपछि पुनः नियन्त्रणमा लिइएको हो ।
भुसाललाई शुक्रबार अदालतमा पेस गरेर बयान गराइने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया