काठमाण्डु – बंगलादेश भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो।
बंगलादेश यसअघि दुईपटक फाइनल पुगेको छ । एकपटक उपाधि उचाल्न पनि सफल भएको छ ।
सन् २०१६ मा पहिलो पटक फनईनल पुग्दा भारतसँग पराजित भएको बंगलादेशले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो ।
बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।
प्रतिक्रिया