काठमाडौंको टुँडिखेलमा भूपू सैनिकहरुको सम्मेलन

काठमाडौंको टुँडिखेलमा भूपू सैनिकहरुको सम्मेलन


काठमाडौं– नेपाली सेनाका भूपू सैनिकहरुको सम्मेलन काठमाडौंको टुँडिखेलमा विशेष समारोहका साथ सम्पन्न भएको छ ।  २१ माघ धनगढीबाट सुरु भएको सम्मेलन शनिबार टुँडिखेलमा विशेष कार्यक्रम गरि समापन गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दे प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई संविधानले सुम्पेको विशिष्ठ जिम्मेवारी निर्वाह गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार रहेको बताए ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताका लागि पुर्याएको योगदान र आर्जन गरेको विश्वासका कारण सरकारले सेनालाई सामरिक महत्वका विभिन्न कार्यमा सहभागी गराएको उल्ल्लेख गरे

 सम्मेलन सुरु हुनु अगाडि हेलिकप्टरबाट भूतपूर्व सैनिकको सम्मेलन २०७४ लेखिएको झण्डा सहित पुष्पवृष्टी गरिएको थियो । यसअघि सातै प्रदेशमा भूतपुर्व सैनिकहरुको सम्मेलन सम्पन्न भईसकेका छन् ।