एजेन्सी – रुसमा एक हवाई यात्राका समयमा विमानका यात्रीले आफ्ना एक साथीलाई सीटमै टेपले बाधिदिएका छन् । यात्रीले रक्सी पिएका थिए र जबर्जस्ती कक–पिटमा जाने प्रयास गरिरहेका थिए । यात्री मंगलबार एस–७ एयरलायन्सबाट मिनरराल्नेबाट नाभोसिरिस्क जादै थिए । यात्री र विमानका कर्मचारीबीच घम्साघम्सी समेत भएको थियो ।
मिररका अनुसार जब उनी कक–पिटमा जाने प्रयास गरे अर्का उनका साथी यात्रीले उनलाई रोक । यसपछि अन्य यात्रीले हंगामा मच्चाउने यात्रीलाई बिजनेस क्लासको खाली सीटमा टेपले बाधिदिए । फक्स न्यूजका अनुसार यात्रीले जंगली जस्तो व्यवहार गरेको साक्षीले बताएका छन् ।
भिडियोमा ५० वर्ष भन्दा बढी उमेरका व्यक्तिलाई टेपले बाधेको देख्न सकिन्छ र उनी गाली गरिरहेका थिए । विमान अवतरण भएपछि सार्वजनिक अमनचैयन बिगारेको आरोपमा उनलाई गिरफ्तार गरिएको थियो ।
रुसका गृह मन्त्रालयका प्रवक्ताका अनुसार हल्ला गर्ने यात्रीलाई प्रहरीलाई सुम्पिदा पनि उनको व्यवहारमा कुनै परिवर्तन आएको छैन । उनी हंगामा गरिरहेका छन् । याहा सम्म की उनले प्रहरीलाई समेत गाली गलौज गर्न थालेका छन् । उनलाई पाँच वर्षका लागि जेल पठाइएको छ ।
प्रतिक्रिया