नेकपा एमाले र माअोवादी केन्द्रबिच आज एकता भएको छ । सभागृहमा भएको एकतामा नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा भएको छ ।
एकतापछि बोल्दै अध्यक्ष प्रचण्डले स्थापनाको ऐतिहासिक सन्दर्भमा नयाँ सन्दर्भमा एकीकृत गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
उनले एकता सभालाई सम्बोधन गर्दै , ‘आजको दिन एकीकृति पार्टी नेपाल कम्युनिष्ट पार्टी घोषणा गरेका छौं । पहिल्यै यस्तो हुन्छ भनेर भनेको थिएँ र विहान पनि भनेको थिए । जेष्ठ ३ गते मदन भण्डारीको अवासनको दिन यो पार्टी घोषणा हुनु निकै गर्वको कुरा हो । ‘
उनले जेठ ३ गते नै घोषणा गर्ने आफेले प्रस्ताव गरेको बताउँदै हिजोको जनयुद्धमा शहिद र वेपत्ताहरु, घाइते र सहयोद्दा पनि सम्झिए ।
आज यो एकताको महत्व कसरी व्यक्त गरुँ भन्दै प्रचण्डले यो एकता नेपाल राष्ट्र र नेपाली जनताको विकाशको चाहनालाई सम्बोधन गर्न, कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने र अन्र्तराष्ट्रिय राजनीतिमा पनि नेपालको राम्रो सन्देश दिने हिसावले अर्थपुर्ण र वहुआयमिक भएको बताए ।
जनआन्दोलनले नयाँ परिस्थिति सिर्जना गरेको बताउँदै सामान्तबाद र निरकुंशता विरुद्ध कम्पयुनिष्ट एक होउन र वामपन्थी एक होउन भन्ने चाहना पुरा भएको बताए ।
उनले भने,’विवादको श्रृङखलाबाट एकता प्रकृयामा आयौं यो जनताको आवश्यकता हो । ‘
सम्बोधनमा उनले स्वः एमाले नेता मदन भण्डारीलाई उनले श्रदासुमन अर्पण गरे ।
प्रतिक्रिया