बिबाद टुंगिएपछि सभागृहमा छुट्टाछट्टै ब्यानरमा संयुक्त सभा शुरु

बिबाद टुंगिएपछि सभागृहमा छुट्टाछट्टै ब्यानरमा संयुक्त सभा शुरु


काठमाडौं –ब्यानरमा लेनिनको फोटो नभएकोले लफडा भएपछि रोकिएको एमाले–माओवादीको संयुक्तसभा झन्डै साढे तीन घण्टा ढिलापछि शुरु भएको छ । दुवै दलबीच छेउछाउमा दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर संयुक्तसभा अगाडि बढाउने सहमति भएको हो । औपचारिक कार्यक्रम दुवै दलका ब्यानर तयार भएर आइसकेपछि कार्यक्रम सुरु भएको हो ।

यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यानरमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला गरेपछि कार्यक्रम ढिला हुन गएको हो । कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए ।

पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए । विवाद भएको ब्यानर बीचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएपछि कार्यक्रम सुचारु भएको थियो । आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।