काठमाण्डु – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ स्थित चुथी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको निधन भएको शोकमा पर्सि मंगलबार बिदा दिइएको छ ।
खत्रीको सडक दुर्घटना मृत्यु भएपछि बडिमालिका नगरपालिकाले पुस १६ गते मंगलबार १ दिन शोक बिदा दिएको छ ।
उनको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी तालिममा सहभागी हुने क्रममा धनगढी गएका थिए । बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै अत्तरियाबाट धनगढी आउँदै गरेका २ वटा मोटरसाइल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप प्र ०१००७११ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा धनगढी–५ का २५ वर्षीय पुरन शाहले चलाएको सुप प्र ०१२प ९४१६ नम्बरको मोटरसाइलमा खत्री सवार थिए ।
यस्तो छ सूचना –
प्रतिक्रिया