सांसद विद्या भट्टराईलाई न्यानो स्वागत (फोटोफिचर)

सांसद विद्या भट्टराईलाई न्यानो स्वागत (फोटोफिचर)


काठमाडौं – कास्की क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद विद्या भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । भट्टराई यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वा्चित भएकी थिइन् ।

मंगलवार दिउँसो संसद् सचिवालयमा विशेष कार्यक्रमका बीच उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई शपथ गराएकी हुन् ।

प्रतिनिधि सभा अहिले सभामुखविहीन रहेकाले उपसभामुख तुम्बाहाम्फेले शपथ खुवाएकी हुन् ।

कास्की २ का पूर्वसांसद एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्की२– मा उपनिर्वाचन भएको थियो । भट्टराईलाई नेकपाका सा‌सदहरुले स्वागत गरेका थिए ।