काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
शनिबार भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र दलहरुबीचको सहमतिको पहलका विषयमा छलफल भएको हो।
राष्ट्रपति भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक स्थितिबारे प्रमुख दलका नेताहरुसँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपतिलाई भेटनु अघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न बताएका थिए।
बालुवाटारमा भएको भेटमा निर्वाचनले नयाँ जनादेश दिएको सन्दर्भमा कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रचण्डले प्रधानमन्त्रीलाई आग्रह गरे।
भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रिलाई सचेत गराएको उनको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया