काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ । नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलवार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका क्रममा राष्ट्रपति भण्डारी र राजकुमारी अस्त्रिदबीच महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेको उल्लेखनीय प्रगतिबारे समेत कुराकानी भएको थियो ।
राजकुमारी अस्त्रिदले आफू संलग्न रहेको संस्थामार्फत नेपालमा कुष्ठरोग तथा क्षयरोग उन्मुलनको क्षेत्रमा काम गर्दै आएको बताएकी थिइन् ।
प्रतिक्रिया