काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी सोफामा बसेको फोटाको कारण विवादमा आएकी छन् । मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेकी राष्ट्रपति भण्डारी काठमाडौं फर्किने बेलाको उक्त तस्बीरका कारण विवादमा तानिएकी हुन् ।
बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीलगायत राष्ट्रपतिको बिदाई गर्न प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा पुगेका थिए । त्यही बेला सबैले सामूहिक तस्बीर खिचाए । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्याइयो ।
राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा लगिएको भन्दै सामाजिक सञ्जालमा नेकपाका नेता÷कार्यकर्ताहरुले विरोध जनाइरहेका छन् ।
प्रतिक्रिया