विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त


काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा २ जनालाई नियुक्त गरेका छन् ।

प्राधिकरणको सञ्चालकमा डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसी नियुक्त भएका हुन् ।

मंगलबारबाट विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनको अवधि सकिएको थियो । रिक्त हुनेबित्तिकै मन्त्री खड्काले उनीहरुलाई नियुक्त गरेका हुन् ।

पराजुली जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन् भने लक्ष्मण केसी कांग्रेसनिकट इन्जिनियरिङ संघ (सिडेन)का अध्यक्ष हुन्।