काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले काटिएका उद्योगहरुमा बिजुली जोड्ने भएको छ।
आज बसेको सञ्चालक समितिको (बोर्ड )बैठकले काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बैठकले १५ दिनभित्र ६ अर्ब रुपैयाँ बराबरको बक्यैता उठाउने निर्णय समेत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो।
प्रतिक्रिया