शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले कानून निर्माण आवश्यक छ : मन्त्री भट्टराई

शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले कानून निर्माण आवश्यक छ : मन्त्री भट्टराई


काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले कानून निर्माण आवश्यक रहेको बताएकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आईतबार आयोजित ‘संघीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताइन् ।

संघीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढिसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताइन् । उनले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानून निर्माण आवश्यक रहेको बताइन् । सरकार कानून निर्माणका साथै व्यावहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको उनले धारणा राखिन् । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनले बताइन् ।