काठमाण्डु- काठमाण्डु र ललितपुरका केही स्थानमा शनिबार विद्युत् अवरुद्ध हुने छ ।
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डुको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने जनाएको छ।
ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभुलगायत क्षेत्रमा दिउँसो साढे २ बजे देखि साढे३ बजेसम्म विद्युत् कटौती हुनेछ।
सोही केन्द्रको जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोलमा दिउँसो १ देखि ४ बजेसम्म र रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायतमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
प्रतिक्रिया