बिग बास लिगमा सन्दीपले सिड्नीको दुई विकेट लिए

बिग बास लिगमा सन्दीपले सिड्नीको दुई विकेट लिए


काठमाडौं- अस्ट्रेलियाको बिग ब्याश लिगमा टी(२० क्रिकेट प्रतियोगितामा आज भइरहेको सिड्नी सिक्सर्स्विरुद्धको खेलमा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । आफ्नो चार ओभरको स्पेलमा उनले १८ रन खर्च गरेर दुई विकेट लिएका हुन् ।

मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए । उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए ।

व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए । यतिबेला सिड्नी सिक्सर्सको पारी समाप्त भएको छ भने उसले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १३० रन बनाएको छ । मेलबर्नले १३१ रनको लक्ष्य भेट्न जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।