बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ ।

बिहारको पूर्वी राज्यका विभिन्न जिल्लाहरूमा बिहीबार परेको असिना पानीका कारण २५ जनाको मृत्यु भएको हो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।

मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।