क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेतनिकट सापकोटा विजयी

क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेतनिकट सापकोटा विजयी


काठमाण्डु – अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी हेमन्त राईलाई पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन् ।

निर्वाचित भएका सापकोटा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतनिकट मानिन्छन् । बस्नेतनिकट उम्मेदवार सापकोटालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अधिकांश शीर्ष नेताले समर्थन गरेका थिए ।

उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले छुट्टाछुट्टै उम्मेदवार मैदानमा उतारेका बेला अध्यक्ष पदमा बस्नेतनिकट उम्मेदवार सापकोटा निर्वाचित भएपछि माओवादीभित्र बस्नेतको प्रभाव बढ्दो देखाएको छ ।