काठमाडौं – अनेरास्ववियूका नेता विजय गौतमले विद्यार्थी आन्दोलनलाई पुनर्ताजगी गराउन समेत स्ववियु निर्वाचन अनिवार्य भएको बताएका छन् ।
आज सहिद स्मृति स्पोर्टस एकेडेमी, पुल्चोक इन्जिनियरिङ क्याम्पसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘अब स्ववियु निर्वाचन कुनै विद्यार्थी संघ संगठनको जित हारको मात्र बिषयमा मात्र सिमित रहेन । लामो समयदेखि अवरुद्ध भएको निर्वाचन देशैभरी सम्पन्न गर्न सक्दा सिंगो विद्यार्थी आन्दोलनले नै जित्ने अबस्था बनेको छ ।’
साथै स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनमा उठेका तमाम प्रश्नको एकमुष्ठ जवाफ दिन सक्ने समेत नेता गौतमले दाबी गरे ।
सरकारको असफलताको चर्चा गर्न खोज्ने नेबिसंघहरु तर्फ संकेत गर्दै नेता गौतमले भने, ‘हिम्मत छ भने आउनोस ! स्वबियु निर्वाचनको अग्निपरिक्षामा सामेल होऔं । अनेरास्ववियू व्यग्र प्रतिक्षामा छ ।’
कार्यक्रममा अनेरास्ववियूका नेता पवन कार्की, सागर अधिकारी, राजेश मैनाली, नवीन न्यौपाने, रुपेश महत लगायतका नेताहरुको उपस्तिथिति रहेको थियो ।
सहिद स्मृति स्पोर्टस एकेडमी, पुल्चोक क्याम्पसका अध्यक्ष परिणाम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्विज प्रतियोगिताका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया