काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको खेल उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।
आजदेखि शुरु उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले सोमबार एकै दिन १५ स्वर्णपदक जितेको थियो ।
प्रतिक्रिया