विजयकुमार गच्छदारको काठमाण्डुस्थित घरमा म्याद टाँस्न आदेश

विजयकुमार गच्छदारको काठमाण्डुस्थित घरमा म्याद टाँस्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विशेष अदालतले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाण्डुस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको छ ।

शुक्रबार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले गच्छदारको काठमाण्डुस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो । आदेशपछि काठमाण्डुमा रहेको उनको निवासमा म्याद तामेल गरिने अदालतले जनाएको छ ।

बलुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न गच्छादारले पनि भूमिका निर्वाह गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

१७ चैतमा सरकारका तर्फबाट दायर मुद्दामा विशेषले पुनः म्याद तामेल गर्न आदेश दिएको हो । हाजिर हुन दिइएको अवधिभित्र उपस्थित नभएपछि गच्छादारविरुद्ध अबको प्रक्रिया के हुने वा के गर्ने भन्ने विषयको निक्र्योल गर्न विशेषमा परेको निवेदनमाथि शुक्रबार फैसला आएको हो ।

मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएका छैनन् । म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए । तर, यस अवधिमा पनि उनी अदालत पुगेनन् । यसै कारण अबको प्रक्रिया के हुने भन्ने सन्दर्भमा विशेषबाट गच्छदारको काठमाण्डुस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो ।