काठमाण्डु – हराएका २७ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रमबीच कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
विभिन्न मितिमा प्राप्ति निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँबसपार्क, सोह्रखुट्टे, मालिगाउँ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका स्थानबाट हराएका सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको छ ।
प्रतिक्रिया