पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले नाइटोमा रिङ पहिरिएको तस्विर निकै भाइरल भएको थियो । ठ्याक्कै त्यही शैलीमा उदीयमान नायिका साम्राज्ञीलक्ष्मी शाहको बेली बट्न रिङको तस्विर गत वर्ष भाइरल भयो ।
नेपाली चलचित्रकी महंगी र चकलेटी नायिका मानिने तिनै साम्राज्ञीको अहिले चर्चा गर्माएको छ । जुन चर्चा नाइटोमा झुण्डिएको बेली बटन रिङका कारण भने होइन् ।
अहिले उनको चर्चा गर्माउनुको कारण अष्ट्रेलिया भ्रमणका क्रममा देखिएको उनको हट जीवनशैली नै हो । उनी फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया पुगेकी हुन् । त्यहाँ पहिरिएका फरक—फरक पोशाकमा ट्रेण्डी देखिएकी उनको चर्चा यतिबेला झन हटकेक बनेको छ ।
कारण स्पष्ट नै छ, बिकीनी अवतारमा उनले ब्रिसबेनको समुन्द्री बीचमा आकर्षक तस्विरहरु खिचाएकी छिन् । सम्भवत साम्राज्ञी विकीनी अवतारमा देखिएको पहिलो पटक हो ।
हेर्नोस उनको बिकीनी अवतार
तस्वीरहरुः साम्राज्ञीको फेसबुकबाट साभार
प्रतिक्रिया