प्रचण्ड र विक्रम पाण्डेमध्ये कस्को पल्ला भारी ? ७ हजार मतले बामपन्थी गठवन्धन अगाडी

प्रचण्ड र विक्रम पाण्डेमध्ये कस्को पल्ला भारी ? ७ हजार मतले बामपन्थी गठवन्धन अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा(प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेको उम्मेदवारीले यतिबेला चर्चामा छ । बहालवाला वन मन्त्री समेत रहेका पाण्डे यसअघि चितवनबाट प्रत्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको समर्थनमा पाण्डे चितवन क्षेत्र नं ३ मा चुनावी मैदानमा उत्रिएका छन् भने वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मैदानमा छन् ।

 

 

 

आर्थीक रुपमा शक्तिशाली मानिएका पाण्डे र १० वर्षभन्दा बढी शक्तिको केन्द्रमा रहेका प्रचण्डको चुनावी भिडन्त राष्ट्रियरुपमा नै सबैभन्दा बढी चासोका विषय बनेको छ । निर्माण व्यवसायी समेत रहेका पाण्डे यसअघि चितवनको निर्वाचन क्षेत्र नं ५ बाट विजयी भएका थिए भने ४ बाट कांग्रेसले जितेको थियो । अहिले क्षेत्र नम्बर ३ यसअघिको ४ र ५ मिलेर बनेको क्षेत्र भएकाले पाण्डे पनि बलियो उम्मेदवारका रुपमा हेरिएका छन् ।

 

 

 

पाण्डेलाई कांग्रेसको मात्र होईन कमल थापा नेतृत्वको राप्रपाको पनि समर्थन छ ।  उनको माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा बढी प्रभाव रहेको बताइन्छ । क्षेत्र नं ३ मा नै पर्ने वडा नं ६,१४,१५,१७,१८,१९,२० मा कांग्रेसको प्रभाव छ । माओवादीको प्रभाव माडी र महानगरको वडा नं १३, २५, २२ मा छ ।

 

 

 

 

 

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ ।

 

 

 

 

यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।

 

 

 
यहाँ लोकतान्त्रिक गठवन्धन भन्दा वाम गठवन्धन ७ हजार बढी मतले अगाडि छ ।

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको क्षेत्र नं ३ चितवनमा १४ जनाले उम्मेदवारी दिएका छन् । १४ मा ६ जना स्वतन्त्र उम्मेदवार हुन् । स्वतन्त्र अधिकांश ठूला दलका उम्मेदवारका डमी उम्मेदवार हुन् । विवेकशील पार्टीका शरद पाठक, नेकपा मालेका डम्बर श्रेष्ठ र वैध माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकनाथ रेग्मीले पनि उम्मेदवारी दिएका छन् ।

 

 

चितवनमा यसअघि प्रचण्डले विकासको नारा अघि सारेका छन् भने पाण्डेलाई उनलाई टुरिस्त नेताको संज्ञा दिने गरेका छन् । पाण्डेले सार्वजनिक रुपमै प्रचण्डलाई हराउने अभिव्यक्ति दिएका छन् ।

 

 

 

७ हजार मत मात्र फरक रहेको चितवन क्षेत्र नम्बर ३ मा दुबै नेताबीच चर्को प्रतिस्पर्धा हुने बिश्लेषण गरिएको छ ।