काठमाडौं– बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले विमा कम्पनीहरुले बीमाको बजार बढाउनुपर्ने बताएका छन् । भर्खरै संचालनमा आएको जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्सको औपचारिक सुभारम्भ गर्दै अध्यक्ष चापागांईले बीमाको बजार एक सय प्रतिशतले बढाउनुपर्ने धारणा राखे ।
उनले बीमा समितिले पनि आफ्नो भूमिकालाई सशक्त बनाउने घोषणा गरे । चापागांईले त्यसका लागी जनशक्ती थप्ने प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
नयां बीमा कम्पनीहरुले कर्मचारी तान्न अस्वस्त प्रतिस्पर्धा गरेको भन्दै अध्यक्ष चापागांईले नयां बीमा कम्पनीले रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
रोजगारी सृजना गर्न र बजार बिस्तारका लागी पनि नयां बीमा कम्पनीले नया जनशक्तीलाई अवसर दिनुपर्ने उनको धारणा थियो ।
प्रतिक्रिया