काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का एक हजार बढी निर्माणकर्मीहरुको जोखिम बीमा गरेको छ । निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा एक हजार बढी निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गरेको हो ।
सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै सहभागीहरुलाई बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको थियो । योसंगै देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सय बढि निर्माण कर्मीहरुसंग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माण कर्मीहरुको ५ लाख बराबरको जोखिम बहन बीमा गरिसकेको छ ।
मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका विभिन्न १२ स्थानमा १ हजार भन्दा बढि निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी २५ सय बढी निर्माणकर्मीहरुसंग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।
उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ ।
हालसम्म निरन्तर रुपमा देशका विभिन्न ३७ स्थानमा २५ सय भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् । शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ ।
प्रतिक्रिया