विमल घर्तिमगरसहित चार खेलाडी डिस्कोमा, एन्फाले गर्यो कारबाही

विमल घर्तिमगरसहित चार खेलाडी डिस्कोमा, एन्फाले गर्यो कारबाही


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कारबाही गरेको छ ।

विश्वकप छनोटको बन्द प्रशिक्षणमा रहेका विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजव‌शी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी शुक्रबार राति ठमेलस्थित लन्च वारमा गएको भेटिएपछि खेलाडीलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका विमल सहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । चार जना खेलाडीलाई भुटान जाने टिमबाट निकालिएको छ ।

यसअघि समेत विमल सहित राष्ट्रिय टिमको खेलाडी बन्द प्रशिक्षणमा रहेको समय रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो ।