राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन भ्रमणमा प्रस्थान

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन भ्रमणमा प्रस्थान


काठमाण्डु – राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि शनिबार प्रस्थान गरेकी छन् ।

चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गरेकी हुन् ।

उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इष्टर्न चाईना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्किने तालिका छ ।