काठमाण्डु– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले आपसी सहयोग ग्लोबल साउथको सामूहिक प्रयास हुनुपर्ने बिचार ब्यक्त गरेकी छन् ।
चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलगको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले आपसी मतबिभन्नता छाडेर अपासी सहयोग नै ग्लोबल साउथको सामुहिक प्रयास हुनुपर्ने बिचार ब्यक्त गरेकी हुन् ।
‘अपासी सहयोग नै ग्लोबल साउथको सामुहिक प्रयास हुनुपर्छ, उनले भनिन् ‘मानव जातिको साझा भविष्यको साथ हामी साँच्चै ग्लोबल साउथको सामूहिक बुद्धि र पराक्रमी शक्तिको उपयोग गर्न सक्छौं’ ग्लोबल साउथमा विभिन्न राजनीतिक प्रणालीहरू र विकासको स्तरहरू रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले मतभेदलाई सहमतिका आधारमा पार गराउन असफल हुने र सहयोगको बाटो समेत अवरुद्ध गर्ने हो भने हामी तितरबितर यसमा आबद्ध देशहरु तितरबितर हुन सक्ने चिन्ता ब्यक्त गरिन् ।
उनले नेपालले अझ समृद्ध चीन संगै अझ समृद्ध ग्लोबल साउथमा प्रवेश गर्न चाहेको बताउँदै ग्लोबल साउथको सदस्यको रूपमा, नेपालले “पछाडि नछोडने प्रयास“ बाट “द्रुत गतिमा दौडने“ प्रयास गर्ने प्रतिबद्धता पनि जनाइन् ।
अर्को प्रसंगमा उपाध्यक्ष घिमिरेले नेपालको भूभागमा कुनै पनि देश विरुद्ध हुने गतिविधी अस्वीकार्य भएको बताउँदै नेपाल एक चीन नीति प्रति सदैव दृढ रहेको पनि दोहोर्याइन् । उनले चीन–नेपाल सीमावर्ती रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएपछि ‘भूपरिवेष्ठित देश’ को दुविधा तोडने र बाह्य विश्वका लागि खुला हुँदै नेपालको आर्थिक विकासलाई प्रवर्दधन गर्ने थप आशा पनि जगाएको पनि बताइन् ।
प्रतिक्रिया